चितवन २३ असार । चितवनमा शुक्रबारदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबारदेखि चल्न दिने निर्णय गरेको हो ।




पमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले शुक्रबारदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुने जानकारी दिए । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको सार्वजनिक सवारी साधन चल्न पाउनेछ ।



















