दाङ २४ असार । अविरल बर्षको कारण दाङमा पहिरोमा परि ३ महिने शिशुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा आज बिहान आएको पहिरोले घर बगाएको हो ।




पहिरोले घर बगाउदा मनिषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको मृत्यु भएको प्रहरीको भनाइ छ । त्यस्तैगरी मनिष स्वयमसहित अन्य २ जना पनि घाइते भएको प्रहरीको भनाइ छ ।



















