काठमाडौं २४ असार । आज सुनको भाउ बिहिबार नेपाली बजारमा सुनको मुल्य एक सय वृद्धि भएको छ ।




आज छापावाला सुन तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी आज तोलामा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।



















