चितवन २४ असार । आज बिहीबार दिउँसो २ बजेको समयमा भरतपुर महानगपलिका-३, पुल्चोकस्थित ट्रकले स्कुटीमा ठक्कर दिँदा एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ भने स्कुटी चालक युवक घाइते भएका छन् ।




गैँडाकोटबाट चौबीसकोठीतर्फ जाँदै गरेको ना५ख ५८१६ नम्बरको ट्रकले सोही दिशातर्फमा जाँदै गरेको ना ५९ प ३५०४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भरतपुर महानगपलिका-१५ मंगलपुरका २२ वर्षीय जस्मिन न्यौपाने र सोही स्कुटी पछाडि सवार ३० वर्षीया विणु दवाडी घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएकी दवाडीको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा २ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।



















