काठमाडौं २५ असार। नायिका तथा निर्मात्री सम्मभएकी जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त बाँनेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।




प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुनसक्ने जनाएको छ । उनी विगत १ बर्षदेखि डिप्रेशनमा थिइन् । जेनी विगत केही समययता पशुपति मन्दिर परिसरमा साधुको अवतारमा बसिरहेकी थिइन् । केही अघि उनको पशुपति परिसरमा नै विवाद समेत भएको थियो । प्रहरी यतिबेला अपार्टमेन्ट पुगेर घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ ।



















