काठमाडौं २६ असार । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमबार बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले प्रिअलटमेन्ट सकिएको र आगामी सोमबार आईपीओ बाँडफाँट हुने जानकारी दिए ।




कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता आईपीओका लागि आवेदन परेको छ । प्रिअलटमेन्ट नतिजा अनुसार आवेदन मध्ये ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको सेयर हात पार्ने छन् ।



















