काठमाडौं २७ असार। आज देशभर पछिल्लो २४ घण्टामा थप १,८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १,५३३ रहेको छ र मृत्यु हुनेको संख्या २० रहेको छ ।




मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १७३ जना रहेका छन् । जसमध्ये २३ हजार ४७१ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७०२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५५३ जना आईसीयू र १७५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।



















