नवलपुर २८ असार । हिजो बियर बोकेर आउने क्रममा नवलपरासी बर्दघाट–सुस्ता पूर्वको देवचुली नगरपालिकास्थित लोकाहामा दुर्घटना भएको हो ।




दुर्घटना परेको गोर्खा ब्रुअरीको टुबोर्ग बियर बोकेको ट्रक हो । बियर बोकेर आइतबार साँझ बुटवलतर्फ जाँदै गरेको ना४ख ८७८ नम्बरको ट्रकले नियन्त्रण गुमाउँदा लोकाहा खोला नजिकै पल्टिएको हो ।



















