नवलपुर २८ असार । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता ५९ जनाको मृत्यु भएको छ ।




मृत्यु हुनेमध्ये ३१ पुरुष, १७ महिला र ११ बालबालिका छन् । बाढीपहिरामा परेका एक हजार २६८ जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ ।



















