काठमाडौं २९ असार । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरु प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।




पक्राउ पर्नेमा महालक्ष्मीनगरपालिका -४ ललितपुर घर भइ काठमाडौं महानगरपालिका-१० थापागाउँ बस्दै आएका ४९ वर्षीय गणेशमान श्रेष्ठ र काठमाडौं महानगरपालिका-१९ ढोकाटोल घर भइ शान्तिनगर बस्दै आएका महेन्द्र प्रसाद मिश्र रहेका छन् ।




उच्च अदालत पाटनको २०७७ फागुन ४ गतेको फैसलाले श्रेष्ठलाई १५ दिन कैद र ५५ लाख जरिवाना सुनाएको थियो भने मिश्रलाई उच्च अदालत पाटनले २०७६ साल मंसीर २२ गते ७ दिन कैद र ५२ लाख जरिवाना सुनाएको थियो ।















