काठमाडौं २९ असार । आज भएको नवनियुक्त नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने क्रममा निर्वतमान प्रधामन्त्री केपी शर्मा ओली अनुपस्थित हुनुभएको छ । आफू प्रधानमन्त्रीमा नियुक्त भएपछि सपथ समारोहमा देउवासहित पूर्वप्रधानमन्त्रीहरु नगएको भन्दै ओली अनुपस्थित भएका हुन् ।























