नवलपुर ३१ असार । पूर्वी नवलपरासीमा आजदेखि १५ हजार ५०० जनालाई कोभिड–१९ विरुद्धको भेरोसिल खोप लगाइने भएको छ ।




स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार आज गैँडाकोट नगरपालिका र नवलपुरमा साउन ३ गतेभित्र लगाइने छ ।




यसपटक ५५ वर्षमाथिका उमेर समूहका ज्येष्ठ नागरिक, सवारी चालक, सहचालक, शैक्षिक संस्थानका शिक्षक तथा प्राध्यापक, यसअघि खोप लगाउन तोकिएका समूहका छुटेका व्यक्तिहरुलाई खोप लगाउने स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।















