झापा १ साउन। झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाले ज्यानले ज्यान गुमाएका छन् । भद्रपुरबाट बनियानीतर्फ गइरहेको मे १ त २८२१ नम्वरको ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ह ६४१ नम्बरको टेम्पो एकापसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।



















