साउन ४,पाकिस्तानमा सोमबार विहान भएको सवारी दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ ।




तिव्र गतीमा आएको बस ट्याक्टरको पछिल्लो भागसँग ठोक्कीदाँ दुर्घटना भएको घटनास्थलमा पुगेका प्रहरीहरुले जनाएका छन् । घटनाका बारेमा थाहा पाउनासाथ प्रहरी र उद्धारकर्ताहरु घटनास्थलमा पुगेका थिए । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।



















