नवलपुर ४ साउन । आफ्नो साथिलाई फोन गरि चितवनको रत्ननगर नगरपालिका ३ बस्ने २८ वर्षका सुनिल तामाङ आइतबारदेखि बेपत्ता भएका छन् ।




गैँडाकोट नगरपालिका वडा नं. १ ब्रिटिस क्याम्पबाट आइतबार बिहान आफ्नो साथी शंकर चौधरीलाई फोन गरी तामाङले नारायणी नदीमा हाम फाल्छु भनेका थिए । उक्त जानकारी तत्काल गैँडाकोट प्रहरीलाई गराइएका थियो । हालसम्म युवक फेला पर्न नसकेका इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।



















