चितवन ६ साउन । आज बुधबार दिउँसो करिब ४ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं २ क्षेत्रपुरस्थित नहरमा डुबेर दुई बालकको मृत्यु भएको छ ।




जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार क्षेत्रपुरको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकैको नहरमा हातखुट्टा धुने क्रममा डुबेर भरतपुर–२ का १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्माको मृत्यु भएको हो ।




प्रहरी टोलीले दुवै जनालाई डुबेको स्थानदेखि करिब २०० मिटर परबाट उद्धार गरी उपचारको लागि अस्पताल पठाएकोमा अस्पतालले दुवै जनाको मृत्यु भएको जानकारी गराएको प्रहरीले जनाएको छ ।















