नवलपुर ९ साउन । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १५ चोरमारा अरुणखोला बीच जंगलमा गएराति भएको सवारी दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।




पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको प्र. ३–०१–०२४ च ६३८१ नम्बरको बोलेरो र विपरित दिशाबाट आउदै गरेको रा १ ख ७६९ नम्बरको ट्रक ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३ जना घाइते भएको नवलपुर प्रहरीले जनाएको छ ।



















