नवलपुर १० साउन । हिजो नवलपुरको कावासोतीमा फेला परेको बेवारिसे बम नेपाली सेनाले डिस्फोज गरेकोछ ।




कावासोती नगरपालिका-१४ को कोल्टाँडी क्षेत्र जंगलमा बम भेटिएको हो । विहान कुलाको बाँध हाल्न जाने किसानहरुले स्याउला काट्ने क्रममा बम देखेपछि प्रहरीलाई खबर गरि जनकरी गरेका थिए ।
शनिबार फेला परेको बमलाई शनिबारमै नेपाली सेनाको कालीध्वज गणका बम डिस्फोजल टोलीले दिउँसो डिस्फोज गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।



















