नवलपुर १० साउन । नवलपुरको हुप्सेकोट गाउँपालिकाको गाउँसभा सदस्यको निधनमा आज एक दिन गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । गाउँसभा सदस्य ६२ वर्षीया विष्णुमाया विकको यही साउन ८ गते उपचारका क्रममा मृत्यु भएको भन्दै शोकमा आज गाउँपालिका बन्द गरिएको हो ।




हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले शोक वक्तव्य जारी गर्दै विकको सम्मानमा आज गाउँपालिका बन्द हुने बताउनुभएको हो । मृतक विक वडाको विकास, वडावासीको समृद्धिका साथै समग्र गाउँपालिकाको वृहत्तर हितमा अहोरात्र क्रियाशील, सरल र सहयोगी व्यक्ति भएको भन्दै अध्यक्ष पाण्डेले विकासप्रेमी अभिभावकको निधनले सिङ्गो गाउँपालिकालाई अपुरणीय क्षति पुगेको बताउनुभयो । विकको निधनले आफूहरु निकै मर्माहत र स्तब्ध भएको पाण्डेले बताउनुभयो ।



















