धादिङ ११ साउन । आज धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा -२, खानीखोला दोभानमा एक युवक मृत्यु अवस्थमा फेला परेका छन् । खोलाले बगाएर ल्याएको जस्तो अवस्थामा सोमबार बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।




प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार स्थानीयले खोलादोभानमा शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । स्थानीयको जानकारी लगत्तै घटनास्थल पुगेको प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको एसपी खड्काले बताए । स्थानीयवासी र जनप्रतिनिधि मार्फत मृतकको पहिचानका लागि पहल भइरहेको बताइएको छ ।



















