बगलुङ ११ साउन । बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको छ । नगर शिक्षा शाखाले चालु शैक्षिक वर्षभित्रै पाठ्यक्रम बनाएर लागू गर्ने गरी तयारी थालेको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए ।




नेपालको संविधानले स्थानीय पालिकालाई प्राथमिक तहको पाठ्यक्रम बनाएर आवश्यकताअनुसार लागू गर्र्ने अधिकार दिएको छ । उक्त अधिकार भए पनि लामो समयसम्म अभ्यास भएको थिएन । शिक्षा ऐन बनेको धेरै समयपछि नगरपालिकाले पाठ्यक्रमको मस्यौदा निर्माण समिति बनाएको छ ।



















