दाङ १२ साउन ।




दुर्घटनामा दाङको तुल्सीपुर उपमहानगरपालिका–७ पर्सेनीमा बाटो निर्माणको लागि खनेको खाडलमा परेर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।




तुल्सीपुरबाट बिजौरी जाँदै गरेको मोटरसाइकल रा ६ प ७२५ नम्बरको दुर्घटना हुँदा टरिगाउँ निवासी ३८ वर्षीय चुडामणी भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।















