झापा १३ साउन । मंगलवार राति झापाको दमकमा भएको सवारी दुर्घटनामा २ जनाको मुत्यु गएको छ ।




मृत्यु हुनेमा मोटरसाइकलमा सवार झापाको कनकाई नगरपालिका वडा न्न-३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र मोटरसाइकलको पछाडि सवार ३६ वर्षीय भिमा विष्टको ज्यान गरेको प्रहरीले जनाएको छ ।




ट्राफिक प्रहरी कार्यालयका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई दमक ९ स्थित शान्ति मार्ग नजिकै ठक्कर दिएको थियो।















