काठमाडौं १५ साउन । आज स्थानीय बजारमा सुनको मूल्य ४ सयले बढेको छ । शुक्रबार सुन तोलामा ४ सयले बढेर ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य ९२ हजार ४ सय कायम गरिएको छ ।




चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज चाँदी तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



















