म्याग्दी १५ साउन । आज म्याग्दीमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ७ ताकमदेखि बेनी आउने क्रममा सोही वडाको बारिका सडकमा ग १ ज ६८०५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ताकमका २७ वर्षीय विकास सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।



















