नवलपुर १८ साउन । नवलपुर गैंडाकोट नगरपालिका वडा नं- १ प्रतिभाटोलका रत्नभुवन श्रेष्ठ नारायणी नदीमा हाम फालेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।




आईतबार विहान ५ बजे घरबाट मर्निङवाकको लागि निस्किएकोमा ६० बर्षाको श्रेष्ठ अवेर सम्म घर नआएपछि छोरी प्रशान्ती श्रेष्ठले प्रहरी समक्ष जानकारी गराएकि थिईन् ।




प्रहरीको सीसीटिभि फुटेजबाट श्रेष्ठ विहान ६ वजेर ३६ मिनेटमा नारायणी नदीमा हाम फालेको देखिएको छ ।















