नवलपुर २६ साउन । मोटरसाइकलको ठक्करबाट एकजना प्रहरी निरीक्षक इनिस्पेक्टर को मृत्यु भएको छ । नवलपरासीको बर्दघाटमा सोमबार बेलुकी ८ बजेतिर लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले इनिस्पेक्टर वाग्लेलाई ठक्कर दिएको नवलपरासी प्रहरीले जानकारी दिएको थियो । उनी इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत थिए ।



















