काठमाडौं २६ साउन । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ५० ग्राम सुनको बालासहित एक जना पक्राउ गरेको छन् । मंगलबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ क्षेत्रबाट रामेछापका सन्तोष बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।




नियन्त्रणमा लिएको २५ वर्षीय बस्नेत रामेछाप रस्नालु गाविस घर भइ हाल काठमाडौं महानगरपालिका ६ कुमारीगाल बौद्ध बस्दै आएका छन् ।



















