नुवाकोट ३ भदौ । नुवाकोटको बेलकोटगढी नगरपालिका – ५ लामाचउरमा पहिरो जाँदा बिहीबार राति एक ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको छ ।




घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।



















