चितवन ३ भदौं । आज नारायणगढ पुलचोक नजिकै एक महिलाको परिचय नखुलेको शब फेला परेको छ । नारायणगढ वडा प्रहरी कार्यालय जाने सडक नजिक आज बिहान अन्दाजी २८ बर्षकी महिलाको शब फेला परेको हो ।




जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता सूर्य बहादुर थापाले परिचय नखुलेको एक महिलाको शब फेला परेको जानकारी दिए । महिला नारायणगढ बजारमा मागेर खाने गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।



















