- धन बहादुर सिन्जाली
नवलपुर ४ भदौ ।




झापाको विर्तामोडस्थित मेची आँखा अस्पताल अगाडिको सीमाना होटलमा खाजा खाइरहेका तीन जना व्यक्तिको गोपनियता भंग हुने गरी भिडियो खिचेर युट्यूबमा प्रसारण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।




चरित्र हत्या गर्ने गरी भिडियो खिच्ने उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेमा युट्युबर खगेन्द्र घिमिरे, होटल जंगल भ्यु चारआलीका संचालक हेमराज भट्टराई र सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की रहेका छन् ।















