- धन बहादुर सिंजाली
- सप्तरी ६ भदौ ।
आज सप्तरीको एक रक्सी पसलमा विभिन्न किसिमको लागूऔषध तथा मोबाइल बरामद भएको छ । कञ्चनरुप नगरपालिका वाड नं -२ बरमझियास्थित संगम फास्टफुड एन्ड मदिरा पसलबाट लागूऔषध बरामद भएपछि त्यसका सञ्चालक २८ वर्षीय जयराम यादवलाई प्रहरीले पक्राउ गरेको छ ।




उक्त पसलमा लागूऔषध बिक्री भइरहेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले लागूऔषधसहित यादवलाई पक्राउ गरेको हो । पसलभित्र रहेको कालो रंगको ब्यागबाट ६१० थान निट्रोसन–१०, ३१० थान स्पास्मो–प्रोक्सिभोन, ८ थान सय एमएलको डाइलेक्स डीसी, सय एमएलको इसकुफ, एक थान सिरिन्ज बरामद भएको छ ।



















