- धन बहादुर सिंजाली
- कास्की ७ भदौ ।
कास्कीको पोखरास्थित महेन्द्रपुल सेलवेज गेटको पारी गरिमा विकास बैंक अगाडिको सडक भासिएर भ्वाङ परेको छ ।




पोखरामा पानी परिरहेका बेला जमिनमा पानी भासिएर भ्वाङ परेको हो । भ्वाङमा एउटा बिजुलीको पोल पनि परेको छ । नालाको मुख, पालिखे चोक हुँदै पानी पर्दा खोलाजस्तै भेल भनेर महेन्द्रपुलमै आइपुग्छ ।




अहिले भल तर्काउने र ढुंगा ल्याएर भ्वाङ पुर्ने काम जारी रहेको तर पानीले अवरोध गरिरहेको उनले बताए । पोखरामा बेला मौकामा यस्ता भ्वाङ देखिने गरेका छन् ।















