- धन बहादुर सिन्जाली
- नवलपुर ८ भदौ ।
कक्षा १२ को परीक्षा सबै विद्यार्थीले खोप लगाएलगत्तै शुरू हुने भएको छ ।




राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले परीक्षा दिने विद्यार्थीलाई खोप लगाएलगत्तै १५ दिनअघि सूचना प्रकाशित गरी परीक्षा सञ्चालन गरिने बताउनुभएको छ । उहाँले भन्नुभयो सायद दशैंअघि नै परीक्षा लिने तयारी गरेका छौं ।




उहाँले अहिले सबै जिल्लामा परिपत्र गरेर कक्षा १२ को परीक्षा दिने विद्यार्थी पहिचान गरी खोप लगाउने व्यवस्था भइरहेको जानकारी पनि दिनुभयो ।















