- धन बहादुर सिंजाली
- नवलपुर ८ भदौं ।
पूर्वी नवलपरासीको बुलिङ्टार गाउँपालिकाका सम्पूर्ण विद्यालय भोली बुधबार देखि संचालनमा आउने भएका छन् ।




मंगलबार गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिन अपरिहार्य भएकाले बुधबारबाट पठनपाठन संचालन गर्ने निर्णय गरेको हो । गाउँपालिका भित्र भएका विद्यालयहरुले विहान १० बजे देखि बेलुकी ४ बजे सम्म स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरि पठनपाठन शुरु गर्नुपर्नेछ ।



















