- धन बहादुर सिंजाली
- नवलपुर ८ भदौ ।
आज कास्कीको विभिन्न स्थानमा भएको दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ ।




प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार पोखरा महानगरपालिका–१६ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको स्टाप क्वाटरको छतबाट खस्दा स्थानीयवासी ४० वर्षीय शङ्कर थापाको निधन भएको हो । त्यस्तै पोखराको नागढुङ्गामा ग२०प ६०७५ नम्बरको मोटरसाइकल र ग१य ११७१ नम्बरको गाडी एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।



















