- धन बहादुर सिन्जाली
- नवलपुर ९ भदौ ।
एकजना युवक गाँजासहित कतार उड्न लागेका प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।




कतार एयरवेजबाट उडानबाट कतारको दोहा उड्न लागेका चितवन खैरेनीका २७ वर्षीय राज पाडकलाई ८ सय ग्राम गाँजासहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।




लागुऔषध नियन्त्रण ब्युरोका एसपी जीवन श्रेष्ठका उनले ग्याष्ट्रिक हरण चुर्णको बट्टामा गाँजा लुकाई कतार उड्न लागेका थिए । एसपी श्रेष्ठका अनुसार पाडक वैदेशिक रोजगारी लागि कतार जान लागेका थिए ।















