- धन बहादुर सिंजाली
- नवलपुर ९ भदौ ।
अछामको पञ्चदेवल विनायक नगरपालिकाका दुई जना युवक बलात्कारको आरोपमा पक्राउ परेका छन् । पन्चदेवल विनायक नगरपालिका–६ का अन्दाजी २४ वर्षीय जनक बटाला र सोही ठाउँका २५ वर्षीय महेन्द्र रावललाई बलात्कार आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक प्रवक्ता जनक वोहराले जानकारी दिएका छन् ।




भदौ ४ गते विनायक बजारबाट घर पुर्यादिने भन्दै मोटरसाइकलमा लगेर दुवै युवकले बलात्कार गरेको बालिकाको आरोप छ । बालिकाको जाहेरीपछि दुवैजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















