- धन बहादुर सिंजाली
- नवलपुर १० भदौ ।
आज बिहान एक भारतीय नागरिकलाई नेपाल प्रहरीले १० किलो चरेस सहित पक्राउ गरेको छ ।




प्रहरी चौकीको टोलीले प्रतापपुर गाउँपालिका वडा नं ४ बर्दघाटे पुलस्थित एक पैदल यात्रीबाट चेकजाँचको क्रममा अवैध लागुऔषध चरेससहित भारत उत्तरप्रदेश महाराजगंज जिल्ला भगतपुरवाका ३७ वर्षीय राजेश यादवलाई बिहिवार बिहान ५ बजे पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता राजु लामाले कालो झोलामा चरसलाई पेपरमा बेरी टेपले बाधेर इटा जस्तो देखिने २६ वटा लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।



















