- धन बहादुर सिंजाली
- नवलपुर ११ भदौ।
हिजो विहानै देखि परेको निरन्तर वर्षापछि आएको बाढीले पूर्वपश्चिम राजमार्गको गैँडाकोट १० तेइस स्मृति पुल नजिकको डाइभर्सन बगाएको छ ।




खोलाले ठूलै क्षती पुर्याएर वगाएकाले सवारी साधन आवतजावत ठप्प रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्ग ठप्प रहेको र एम्वुलेन्स सव वाहन समेतलाइ अहिले अस्पतालमै फर्काइएको उहाँले जानकारी दिनुभयो ।



















