- धन बहादुर सिंजाली
- नवलपुर १२ भदौ ।
सुनसरी जिल्कोलाको भोक्राहा नरसिंह गाउँपालिका १ मा आज ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।




दूर्घटनमा मृत्यु हुने इनरुवा–३ का महेन्द्र उराँव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । उत्तरतर्फ जाँदै गरेको को२त ३९७८ नम्बरको ट्र्याक्टरले सोही दिशातर्फ जाँदै गरेको को१४प २००८ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार उराँव गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उराँवको उपचारका क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।



















