- धन बहादुर सिंजाली
- नवलपुर १२ भदौ ।
देशभर लगातार वर्षाका कारण बझाङका विभिन्न ठाउँमा पहिराले क्षति पुर्याएको छ । गए राति वित्थडचिर गाउँपालिका–६ मा दिलबहादुर धामीको चार कोठे तीनतले घरको पछाडिबाट आएको पहिराले घरमा क्षति पुगेको छ ।




पहिराले घरको पर्खाल भत्काउँदा घरभित्र रहेका भाँडाकुँडा र अन्नमा क्षति पुगेको छ । धामीको परिवार विस्थापित भएर अर्को घरमा सरेका छन् । पहिरो आएको थाहा पाएपछि मानवीय र पशुचौपाया जोगाउन सकिएको धामीले बताउनुभयो । यस्तै पहिराले केदारस्युँ गाउँपालिका–५ चौडेल्लीमा देवबहादुर गुधार्मीको घरमा पनि क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।



















