- धन बहादुर सिंजाली
- नवलपुर १९ भदौ
हिजो राति कैलालीको गौरीगङ्गा नगरपालिका वाड नं -४ राजीपुरमा म१ज ३१९ नम्बरको विङ्गर र से १ ह २५१० नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।




मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका-९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा थप चार जना घाइते भएका छन् । घाइते हुनेमा घोडाघोडी-९ कै अटो चालक २२ वर्षीय सुरेश चौधरी, २४ वर्षीय दीपेन्द्र चौधरी, २० वर्षीय अशान्त चौधरी र ३० वर्षीय हरि चौधरी रहेको जनाइएको छ ।



















