- निर्मला गरन्जा मगर
- २९ भदौ २०७८, मङ्गलवार
नवलपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको गंँडाकोट–१० मा रहेको २३ स्मृति नजिक बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा ज्यान गुमाउने तीन जनाको परिचय खुलेको छ ।




दुर्घटनामा परी ज्यान गुमाउनेमा बर्दिया बाँसबारी–८ बस्ने ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुर बस्ने अन्दाजी ४० वर्षीय किरङ्गी तिवारी र कञ्चनपुर महेन्द्रनगर झरारी बस्ने अन्दाजी ३५ वर्षीय कृष्ण राना रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।



















