निर्मला गरँजा मगर
१ असोज २०७८, शुक्रबार




आज राती नवलपुरको देवचुली नगरपालिका ८ अवस्थित मुस्कान चोक नजिकै भित्री सडकमा गएराती भएको मोटरसाइकल दुर्घटनामा परि एक जना गम्भीर घाईते भएका छन् ।
रातीको समयमा करिब ११ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ३२ प ५८६७ को मोटरसाइकल आँफै अनियन्त्रित भई सडक छेउमा पल्टिदा सो दुर्घटना भएको थियो ।दुर्घटनामा परि देवचुली ९ बिशालटारका अलबिन थापा मगर गम्भीर घाईते भएको अस्थाई प्रहरी पोष्ट दलदलेला प्रमुख ध्रुव श्रेष्ठले जानकारी दिए।



















