- धन बहादुर सिन्जाली
- नवलपुर ७ असोज
आज पूर्वी नवलपरासीमा भएको सवारी दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् ।




आज दिउँसो २ बजे देवचुली नगरपालिका १७ टाइकोट स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम आउँदै गरेको ना ५ ख ३४८७ नम्बरको ट्रकले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १९ प ४००९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका हुन् । दुवै घाइतेको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ । ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको छ ।



















