Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

कावासोती नगरपालिकाले उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने, आबेदनको लागि १५ दिने सुचना प्रकाशित

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • जेष्ठ १७, मंगलवार ०५:१९ बजे प्रकाशित

नवलपुर । पुर्ब नवलपरासीको कावासोती नगरपालिकाले उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने भएको छ । कावासोती नगरपालिका कृषि तथा पशुपंक्षी विकास शाखाले एक सार्वजनिक सूचना जारी गर्दै उत्कृष्ट कृषक पुरस्कार कार्यक्रममा सहभागि हुन आह्वान गरेको छ ।

कावासोती नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत साना, मझौला तथा ठूला कृषक एक/एक जनालाई उत्कृष्ट कृषक पुरस्कार प्रदान गर्ने बताएको छ । यश कार्यक्रममा सहभागि हुनका लागि आह्वान गर्दै नगरपालिकाले आवश्यक मापदण्ड पुरा भएका कृषकलाई कागजात पेश गर्न आह्वान गरेको छ ।

arkhala ads

उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम सञ्चालन माप दण्ड, २०७८ अनुसार न्युनतम मापदण्ड पुरा भएका कृषकहरुले तोकिएको ढाँचामा निवेदन तयार गरि, कावासोती नगरपालिका कृषि तथा पशुपंक्षी विकास शाखामा आवश्यक कागजातसहित पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि सुचना प्रकाशित गरेको छ । कृषकले उक्त कार्यक्रममा भाग लिन रित नपुगेका वा म्याद नाघी प्राप्त हुन आएका निवेदन उपर सहभागी नगर्ने व्यहोरासमेत सम्बन्धित सबैको लागि जानकारी गराएको छ ।

हिजो १६ गते सोमबारको मितिमा सूचना प्रकाशन गरी, सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवश्यक कागजात पेश गर्न उल्लेख गरिएको छ । नगरपालिकाले कृषकलाई हौसला प्रदान गरेर कृषि कर्मको सम्मान गर्ने उद्देश्य सहित यो कार्यक्रम गर्न लागेको कृषि तथा पशुपंक्षी विकास शाखाका प्रमुख टेकराज पौडेलले यस अनलाईनलाई बताउनुभयो ।

अहिलेसम्म स्थानीय स्तरमा कृषकलाई पुरस्कृत गर्ने कार्यक्रमहरु बिरलै हुने गरेपनि नगरपालिकाले कृषक पुरस्कृत गर्ने कार्यक्रमलाई अघि बढाएको र यस कार्यक्रमले कृषकलाई हौसला मिल्ने र आफ्नो काममा अझै बढी लगनशील हुन सक्ने आशा छ । नगरपालिकाले कृषकलाई आवश्यक पर्ने विभिन्न सामाग्री अनुदानमा सहयोग गर्ने कार्यक्रमहरु गर्दै आइरहेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_7099

बुलिङ्टारको श्री जनजागृति माविमा पनि ‘विद्यार्थीसँग अध्यक्ष...

  • असार ६, शनिबार ११:३७ बजे प्रकाशित
IMG_7000

बुलिङ्टारमा ‘विद्यार्थीसँग अध्यक्ष कार्यक्रम’ सम्पन्न; कक्षा ८...

  • असार ६, शनिबार ०८:५२ बजे प्रकाशित
20260619_152525

बुलिङटारको जन जागृति माविद्वारा वाली विज्ञानमा शत-प्रतिशत...

  • असार ५, शुक्रबार ०३:३४ बजे प्रकाशित
20260617_115833

भाइरल भिडियो प्रकरणमा नयाँ मोड: आरोपित पक्राउ

  • असार ३, बुधबार १२:०७ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved