Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

पोखराको कार्यपालिका चुनाव: फ्लोर क्रसको त्रास, जनप्रतिनिधिलाई रिसोर्टमा राखियो

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ जेष्ठ १८ | बिहान ०७:०२ बजे

पोखरा । पोखरा महानगरको कार्यपालिकाले बुधबार पूर्णता पाउँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार कार्यपालिकाको निर्वाचन तोकेको छ । संविधानतः पोखराको कार्यपालिकामा ८ जना नयाँ सदस्य थपिनेछन् । ५ जना महिला सदस्य र ३ जना दलित तथा अल्पसंख्यक समुदायबाट सदस्यका रूपमा निर्वाचित हुनेछन् । उनीहरूलाई यसअघि निर्वाचित भएका नगरसभा सदस्यहरूले मतदान गर्नेछन् ।

३० वैशाखको को निर्वाचन अनुसार पोखराको नगरसभामा एमालेको एकल बहुमत छ । १ सय ६७ सदस्यमध्ये एमालेको उपमेयर सहित ८७ सदस्य छन् । मेयरसहित गठबन्धनका ८१ जना मतदाता छन् । तर, दुवै पार्टीलाई आफ्ना जनप्रतिनिधिप्रति विश्वास छैन । उनीहरुले आफ्ना कार्यकर्तालाई रिसोर्टमा लगेर राखेका छन् । निर्वाचनको अघिल्लो दिन एमालेले आफ्नो पार्टीबाट निर्वाचित भएका ८६ जनालाई नौडाँडामा रहेको हिमालयन देउराली रिसोर्टमा राखेको छ भने काँग्रेसले ८१ जनालाई लेकसाइडको होटल कान्तिपुरमा राखेको छ ।

arkhala ads

एमालेले सोमबार देखि नै आफ्ना जनप्रतिनिधिलाई रिसोर्टमा राखेको हो । काँग्रेसले पनि मंगलबार होटलमा पुर्‍याएको छ । कार्यपालिका सदस्य निर्वाचनका लागि महिलातर्फ एमालेले धनकुमारी पोख्रेल, भीमकुमारी पुन, निर्मला पौडेल, मन्दिरा परियार र हरिमाया विश्वकर्मालाई उम्मेदवार बनाएको छ । दलित तथा अल्पसङ्ख्यक कोटामा भने गोविन्द तुलाचन, दीपक घिमिरे, निर्मल दियाली उम्मेदवार छन् ।

काँग्रेसले महिला सदस्यमा डाल्डादेवी भुजेल, दुर्गादेवी केसी थापा, पवित्रा थापा, भावना श्रेष्ठ र रनसुबा गुरुङलाई उठाएको छ । दलित तथा अल्पसङ्ख्यकमा काँग्रेसले उम्मेदवार उठाएको छैन । गठबन्धनबाट माओवादीका भीमबहादुर सार्की, जसपाबाट पानबहादुर घर्ती र एकीकृत समाजवादीबाट लालबहादुर विक उम्मेदवार बनेका छन् ।

सबै मत खसे ८४ मत ल्याउनेले चुनाव जित्छ । एमालेलाई आफ्नो मत सुरक्षित गरे पुग्छ भने गठबन्धनलाई आफ्नो सुरक्षित गर्दै ३ मत क्रस गराउनुपर्छ । कार्यपालिकामा यसअघि नै गठबन्धनको बहुमत पुगिसकेको छ । बाहिरबाट थपिने ३ जना गठबन्धनले ल्याए र एमालेले जिल्ला समन्वय समितिमा पठाउने जनप्रतिनिधि घटे नगरसभामा समेत गठबन्धनले बहुमत पुर्‍याउन सक्छ । न्युज कारखाना

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1789978076929

रुद्र बहादुर आलेको नेतृत्वमा नेपाली कांग्रेस बुलिङटार–४...

  • २०८३ अशोज ५ | मध्यान्ह ०१:०६ बजे
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved