Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गोरखाको पालुङटारमा चितुवाको आक्रमणबाट प्रहरीसहित तीन जना घाइते

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ जेष्ठ १८ | बिहान ०८:०२ बजे

गोरखा, जेठ १८ । गोरखाको पालुङटारमा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । मंगलबार साँझ ७ बजे पालुङटार नगरपालिका – ४ रानीटारमा स्थानीय दुई जनालाई चितुवाले आक्रमण गरेको थियो ।

चितुवाको आक्रमणबाट स्थानीय बासिन्दा घाइते भएको खबर प्राप्त हुनासाथ घटनास्थल पुगेका प्रहरीलाई पनि चितुवाले आक्रमण गरी घाइते बनाएको हो । प्रहरी सहायक हवल्दार सुनिल रायमाझी, पालुङटार ४ का ४४ वर्षीय केशरबहादुर नेपाली र १६ वर्षका अभिषेक भण्डारी आक्रमणबाट घाइते भएको प्रहरीले जनाएको छ ।

arkhala ads

उनीहरूको स्थानीय स्वास्थ्य संस्थामै उपचार भई घर फर्केको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । जिल्ला वन कार्यालय र प्रहरी टोलीले आक्रमण गर्ने चितुवाको खोजी सुरू गरेका छन् । यस्तै इलाका प्रहरी कार्यालय पालुङटारले स्थानीयलाई साँझपख र रातका बेला सुरक्षित रूपमा बस्न आग्रह गरेको छ ।

चितुवा देख्नासाथ तुरुन्तै प्रहरीलाई खबर गर्नसमेत इलाका प्रहरी कार्यालयले स्थानीयलाई आग्रह गरेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1789978076929

रुद्र बहादुर आलेको नेतृत्वमा नेपाली कांग्रेस बुलिङटार–४...

  • २०८३ अशोज ५ | मध्यान्ह ०१:०६ बजे
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved