Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सिरहामा दाइजोको लोभमा बाबुछोराको हत्यामा संलग्न बुहारीसहित तीन जना पक्राउ

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • जेष्ठ १८, बुधबार ०९:५० बजे प्रकाशित

सिरहा । सिरहामा बाबु र छोराको हत्या अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्लाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्त कुमार पालको हत्यामा संलग्न रहेको अभियोगमा चन्देश्वरका साँइली बुहारी शान्तिदेवी पाल, गोलबजार नगरपालिका ४ का ६५ वर्षीय बेचु पाल, अर्नमा गाउँपालिका – १ महनौरकै ४८ वर्षीय जनिफ मियाँलाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।

मृतकको जेठ ८ गते बिहान २ बजे खुकुरी प्रहार गरी हत्या भएको थियो। घाँटी र टाउकोमा खुकुरी प्रहार हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो। व्यक्तिगत रिसिइबिका कारण बाबुछोराको हत्या गरेको अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी अर्जुन प्रसाद तिम्सिनाले जानकारी दिए । मृतक सन्त कुमारको यही जेठ ११ गते मोरङका एक युवतीसँग विवाह गर्ने तय भएको थियो। विवाहको तयारी भइरहेको समयमा नै हत्या भएकाले त्यसैलाई आधार बनाएर अनुसनधान गर्दा घटनामा संलग्नहरूसम्म पुगिएको एसपी तिम्सिनाले बताए।

arkhala ads

उनले भने, ‘सन्त कुमारको जो युवतीसँग विवाह तय भएको थियो, त्यसअघि नै ती युवतीसँगै बेचु पालको छोराको विवाह हुने पक्का भएको थियो। विवाह गरेबापत केटीपक्षले विराटनगरमा जमिन दिने र सो जमिनमा घर समेत बनाइदिने तय भएको थियो । आवश्यक परे व्यवसाय गर्न पुँजीसमेत दिने पक्का भएको थियो । तर बेचु पालका छोराले युवतीको पहिला पनि विवाह भइसकेको भन्दै विवाह गर्न अस्वीकार गरेपछि सन्त कुमारसँग विवाह तय भएको थियो ।

बेचु पालले छोरालाई विवाहका लागि मनाई रहेकै वेलामा सन्त कुमारले विवाह गर्ने भएपछि त्यसैको रिसिइबिका कारण सन्त कुमारका भाउजू र जनिफको मिलेमतोमा हत्या भएको प्रहरीको भनाई रहेको छ। शान्तिदेवीको सासू ससुरासँग राम्रो सम्बन्ध नरहेको, अंश नदिएको, माइतीबाट ल्याएको चाँदीको गहना पनि सासूले राखेको र देवरको विवाहमा पनि विवाहमा नआउनु भनेकाले उनी पनि रिसाएकी थिइन्। जानिफ शान्तिदेवीको श्रीमानको साथी हुन्। शान्तिदेवीका श्रीमान् रोजगारीको लागि विदेशमा छन्। यही कुरा बेचुले थाहा पाएपछि उनीहरूको हत्या गर्ने योजना बुनेको प्रहरीको भनाई रहेको छ।

सासू ससुरासँग रिसाएका शान्तिदेवीले हत्या गरेबापत ५० हजार दिने, हत्या गर्न जानिफले बञ्चरो ल्याउने र खुकुरी बेचु आफैले ल्याउन सल्लाह अनुसार हत्या भएको बताइएको छ। तर, हत्या गर्ने राति योजना अनुसार शान्ति र जानिफ नआए पनि बेचन एक्लै आएर हत्या गरेको प्रहरीको भनाई रहेको छ। हत्या भएको राती बेचु झोला बोकेर घटनास्थल आसपास देखिएको स्थानीयलेसमेत बताएको प्रहरीले जनाए। बेचु अवकाश प्राप्त शिक्षक रहेको बताइएको छ। हत्या भएको राति करिब १२ बजेसम्म विवाहको गीत गाउने कार्य भइरहेको थियो। स्थानीयका अनुसार राती करिब १२ बजेसम्म गीत बजी रहेको थियो, बिहान पख करिब ३ बजे हत्याको घटना गाउँ भरी फैलिसकेको बताउँछन्।

प्रहरीले हत्यामा संलग्न रहेको आशङ्कामा दर्जन बढी व्यक्तिहरूलाई पटक पटक सोधपुछ गर्ने गरेको भएपनि आज बिहान तीन जनालाई नियन्त्रणमा लिएको बताएको छ । प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी एक थान, मोबाइल चार थान सहितका सामाग्री बरामद गरेको छ । प्रहरीले तालिम प्राप्त कुकुर, अन्य प्राविधिक डेटा अनुसन्धानबाट अपराधीसम्म पुग्न सफल भएको बताउँछन्।

पक्राउ परेका उनीहरूलाई ज्यान मुद्दा दर्ता गराई आवश्यक अनुसन्धानको लागि ७ दिनको म्याद थप गरि हिरासतमा राखिएको छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_7099

बुलिङ्टारको श्री जनजागृति माविमा पनि ‘विद्यार्थीसँग अध्यक्ष...

  • असार ६, शनिबार ११:३७ बजे प्रकाशित
IMG_7000

बुलिङ्टारमा ‘विद्यार्थीसँग अध्यक्ष कार्यक्रम’ सम्पन्न; कक्षा ८...

  • असार ६, शनिबार ०८:५२ बजे प्रकाशित
20260619_152525

बुलिङटारको जन जागृति माविद्वारा वाली विज्ञानमा शत-प्रतिशत...

  • असार ५, शुक्रबार ०३:३४ बजे प्रकाशित
20260617_115833

भाइरल भिडियो प्रकरणमा नयाँ मोड: आरोपित पक्राउ

  • असार ३, बुधबार १२:०७ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved